७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको आकस्मिक बोलाइएको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।
पेरिसडाँडामा शुरु भएको बैठकमा पछिल्लो विकसित घटनाक्रमका बारेमा शिर्ष नेतृत्वले ब्रिफिङ गर्ने र केहि नयाँ निर्णय बताइएको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
बैठकपछि बहुमत सदस्यसहित निर्वाचन आयोग जाने अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको तयारी छ। निर्वाचन आयोगले समय दिएमा आजै केन्द्रीय सदस्यहरू नागरिकतासहित सशरीर आयोगमा उपस्थित हुने तयारी छ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले आफुहरु आधिकारिक पार्टी भएको दाबी गर्दै आएका छन् । यसविषयमा निर्वाचन आयोगले पनि अन्तिम निर्णय गर्न सकेको छैन् ।