Logo

बलात्कारपछि हत्या गरिएकी भागरथीको शव बुझ्दै परिवार, आजै अन्तिम संस्कार गरिने



Spread the love

७ फागुन, बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ ।

अबको केही समयपछि भागरथीको सेरास्थित महाकाली आर्यघाटमा दाहसंस्कार गरिनेछ। अहिले शवयात्राको तयारी भइरहेको छ। शवयात्राका लागि स्थानीय जिल्ला अस्पतालमा भेला भएका छन्।

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग राख्दै आएका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

उनले भागरथीलाई भीरबाट लडाएको र बलात्कारपछि घाँटी थिचेर मारिदिएको बयान प्रहरीसमक्ष दिएका छन्। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको थियो।

गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। 

प्रतिक्रिया दिनुहोस्