Logo

जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ



Spread the love

६ फागुन,काठमाडौं। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी बस्ने खोटाङ खिदिम गाउँपालिका–७ घर भएका १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सागरले १७ वर्षीया किशोरीलाई पटक पटक डर त्रास देखाएर जबर्जस्ती करणी (बलात्कार) गर्दै आएका थिए ।

पक्राउ परेका सागरविरुद्ध जबर्जस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्