Logo

अप्रत्यासित पैसा आयो



Spread the love

काठमाडौं । अन्ततः ‘कम्युनिष्ट’ आवरणकै सरकारका पदाधिकारीहरूबाट जनताको गाँस–बासका सवाल भाँडमै जाओस् भन्दै भगवान पशुपतिनाथका लागि ५० करोडको चेक काटिएको छ ।

लाखबत्ती बाल्न पशुपति पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आदेशको शैलीमा दिने भन्नुभएको ३० करोड रुपैयाँ भर्खरै निकासा भएको छ भने ५० करोडको अर्को चेकचाहिँ पशुपति क्षेत्र विकास कोषले जारी गरेको हो ।

आजभोलि नै शिवलिंगमा १ सय ८ केजीको जलहरी जडान गर्न नेपाल राष्ट्र बैंकबाट सुन खरिद गरिने कोषका एक पदाधिकारीले बताए । त्यसका लागि लागत इस्टिमेट भइसकेको छ । जलहरी जडान गर्न कालिगढलाई दिनुपर्ने ज्यालाको पैसा दाताबाट जुटाइने भएको छ ।

दाताहरू तयार पारिएको छ, तर नाम गोप्य राखिएको छ । कोषको नेपाल इन्भेष्टमेन्ट बैंक, बत्तीसपुतली शाखामा रहेको मुद्दती खाताबाट रकम निकाल्न लागिएको हो ।

उक्त खातामा कोषको आन्तरिक आम्दानी (भेटीघाटी), सरकारी रकमसहित व्याज रकम छ । उता, अरु काम छाडेर सुनको जलहरी जडान गर्ने कुरा अनुचित भन्दै त्यहाँका प्रदेश सांसद नरोत्तमलाल बैद्यहरूले विरोध गरिरहेका छन् ।

उनीहरूले त्यसका लागि स्थानीयवासी सम्मिलित विरोध समिति नै बनाएका छन् । तर, कोष भने जलहरी जडानमा पेलेरै सक्ने मनस्थितिमा छ । त्यसका लागि पशुपतिभित्र च्यासलको सुरक्षा नेपाली सेनालाई दिने सहमति भएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्