Logo

भागरथीका दाइले प्रहरीमा दिए दिनेश भट्टविरुद्ध जाहेरी



Spread the love

फागुन, काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार–हत्या घटनामा संलग्न भएको भन्दै दिनेश भट्टविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ ।

किटानी जाहेरीमा शंकरले आफ्नी बहिनी भागरथीलाई बलात्कारपछि क्रुरतापूर्वक हत्या गरेको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । हत्याका आरोपी दिनेश भट्टको संलग्नताबारे बुधबार मात्र खुलेको हो । 

प्रहरीले दिनेशलाई मंगलबार पक्राउ गरेको छ । उनले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्