Logo

आफ्नै गाउँमा सञ्चालन भएको नि: शुल्क आँखा शिविरले मालिका वासिलाई राहत !



Spread the love

फागुन, गुल्मी । आफ्नै घर आगनमा सञ्चालन भएको नि: शुल्क आँखा शिविरले मालिका गाउँपालिकाका वासीलाई राहत प्रदान गरेको छ ।

गाउँपालिकाको स्वास्थ्यको नीति तथा कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका तीन अति विकट तथा दुर्गम गाउँमा शिविर आयोजना गरिएको हो । तीन दिन सम्म चलेको आँखा शिविर बाट तीन सय ६६ जना नागरिकले सेवा लिएका छन । जसमा ४५ जनामा मोतियाविन्दुको देखिएको छ ।

त्यस्तै एक सय १३ जना वृद्धवृद्वालाई नि:शुल्क चस्मा वितरण गरिएको स्वास्थ्य संयोजक बसन्त राज भुसालले जानकारी दिए । अति विकट गाउँका नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्ने उदेश्यले गाउँपालिकाको वडा नम्बर दुई,पाँच र छ मा नि शुल्क आखा शिविर सम्पन्न भएको प्रवक्ता शोभाखर गिरिले बताए ।

साथै मोतिया विन्दु देखिएका बिरामीलाई फागुन १० गते वडा नम्बर आठ सिमलटारी स्थित आँखा उपचार केन्द्रमा निशुल्क शल्यक्रिया गरिने र बिरामीको लागी नि शुल्क यातायातको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्