Logo

आजदेखि प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन गर्दै



Spread the love

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्षरत नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को प्रचण्ड–माधव समूहले बुधबारदेखि सरकारविरुद्ध चौथो चरणको आन्दोलन सुरु गर्दै छ ।

चौथो चरणको आन्दोलन अन्तर्गत  फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । 

प्रचण्ड–नेपाल समूहले बिहीबार प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुंडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गर्ने भएको छ । टुंडिखेलमा फागुन ६ गते अपरान्ह ४ बजेबाट बेलुकी ५ बजेसम्म मानव साङ्लो बनाएर प्रदर्शन गरिने छ ।

कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको नेतृत्वमा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिँदैछ। जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने श्रेष्ठको भनाइ छ। उक्त समूहले भोलि टुँडिखेल वरीपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम गर्ने तय गरेको छ। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने जनाइएको छ।   

प्रतिक्रिया दिनुहोस्