Logo

जबरजस्ती चुनाव गरियो भने मुलुक द्वन्द्वमा जान्छ : प्रचण्ड



Spread the love

४ फागुन, चितवन । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवरजस्ती गरिने निर्वाचनमा आफू सहभागी नहुने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेका अवस्थामा हुने चुनाव असंवैधानिक र अलोकतन्त्रिक मानिने बताउँदै प्रचण्डले भने ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना नगरेको खण्डमा हुने चुनाव असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक मानिनेछ, केही मानिसले नेपालमा पनि बंगलादेशकै मोडलमा चुनाव गराउन खोजिएको भनिरहेका छन्। यो अवस्थामा हुने चुनावले देशमा शान्ति होइन, अराजकता ल्याउँछ, यसले द्धन्द्धको सिर्जना हुन्छ।’

जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने प्रचण्डले बताए । ‘प्रतिनिधिसभा पुनःस्थापना नभइ देश चुनावतिरगएमा मैले नेतृत्व गरेको पार्टीले के गर्ला भन्‍ने कुरा मेरो भनाइबाटै यहाँहरूले बुझिसक्नुभएको हुनुपर्छु, उनले भने, ,जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुनेछ। जसले देशलाई अराजकतातर्फ लाने निश्चित छ।’

प्रचण्डले असंवैधानिक रुपमा गरिने निर्वाचन पनि असंवैधानिक हुने भन्दै यसले देशलाई निकास दिनुको सट्टा झनै भड्खालोमा हाल्ने बताए।

प्रतिक्रिया दिनुहोस्