४ फागुन, काठमाडौं । काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबीच कुटाकुट भएको छ।
सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।
झडपपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले दुबैतिरका १० जनालाई पक्राउ गरेको छ। नेसिंघका दुई जना र अनेरास्ववियूका ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अनेरास्ववियूका स्ववियू कोषाध्यक्ष संगम देवकोटा समेत छन्।
ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ । कुनै पनि पक्षबाट उजुरी भने नआएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्