Logo

देउवाको आग्रह सूर्य कसैलाई नदिएर अर्को चिह्न दिनुस्



Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चिर्वाचन चिह्नबारे विवाद समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

भैरहवामा भएको विरोधसभामा सभापति देउवाले संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँदा शंका उत्पन्न भएको बताएका हुन् ।

‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो’ सभापति देउवाले भने ।

नेकपाको दुई समूहका बीचमा निर्वाचन चिह्नका बारेमा विवाद भइरहेको भए पनि निर्वाचन आयोगले त्यसमा पनि निर्णय गर्नुपर्ने बताए । उनले भने,‘ओलीले पाउने भए उनलाई दिए भइहाल्यो हैन भने प्रचण्डलाई दिए भयो । निर्णय त गर्नपर्‍यो नि ।’ सभापति देउवाले सूर्य चिह्न कसैलाई नदिएर अर्को चिह्न दिए पनि हुने बताए ।

प्रतिक्रिया दिनुहोस्