दैलेख । गैरराउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए ।
प्रेमदिवसबारे बेखवर यो समुदायकी युवतीलाई जात मिल्ने केटो नपाउँदा विहेवारी हुदैनकी भनेर चिन्ता लाग्न थालेको छ । प्रेम दिवसको वारेमा जानकार नभएपनि राउटे समुदायका युवा युवती प्रेमबारे जानकार छन् ।
जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अविवाहित छन् । सुर्खेत जिल्लाको जंगलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समुदायमा जात मिल्ने केटा नहुँदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको बताइन् ।
शहर बजारका तन्नेरी पुस्ता प्रेमदिवसमा रमाईरहँदा सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका राउटे युवा युवती भने पुरानै दैनिकी धान्दै थिए । प्रेमदिवस के हो हामीलाई केही पनि थाहा छैन ।’ राउटे समुदायका युवा दिपक शाहीले बताए ।
राउटे युवती मात्र होइनन् । श्रीमान् गुमाएकी ३४ वर्षिय परु शाहीको पनि उस्तै पिडा छ । राउटे समुदायमा जात नमिल्दा विहेका लागि पुरुष नभेटिँदा अविवाहित बस्नुपरेको बताउछिन् ।
जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अविवाहित छन् । सुर्खेत जिल्लाको जंगलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समुदायमा जात मिल्ने केटा नहुँदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको बताइन् ।
राउटे समुदायका युवायुवतिले अन्य समुदायसंग विवाह नगर्ने भएकाले पनि अहिले युवतिहरु अविवाहित वस्न वाध्य भएका छन् । तीन जाती रहेको राउटे समुदायको कल्याल जातीमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरको केटा केटी नहुँदा अविवाहित वस्नुपर्ने बाध्यता भएको हो ।
३२ उमेर पार गरेका दिपक शाहीलाई पनि विवाहका लागि केटी पाइदैन कि भन्ने चिन्ता छ । अर्को कुरा राउटेसमुदायमा उमेर अनुसार क्रमश विवाह गर्ने चलन भएकाले जेठा÷जेठीको विवाह नभएसम्म अन्यले विवाह गर्न पाउदैनन् । ‘आफु भन्दा पहिला जन्मेकाले विहे गरेपछि मात्रै उमेर अनुसार कान्छोले विहे गछौं ।’ राउटे मुखिया सुर्य नारायण शाहीले जानकारी दिए । रास्कोटीमा युवा र युवतिको संख्या न्युन रहेकाले कल्याल जातीका युवायुवती अविवाहित बस्नुपरेको साहीको भनाई छ ।
कल्याल जातीका पुरुष मात्रै हैन महिलालाई पनि उस्तै समस्या छ । मानसिंह शाहीकी ३१ वर्षिया छोरी गाँजली शाहीको विहेवारी नहुँदा माइतमा बस्नुपरेको छ । उमेर बढदै जवानी चढदै गएपनि रास्कोटी जातीमा विवाहयोग्य पुरुष नहुँदा विहे हुन नसकेको गाजलीले बताइन् ।
रास्कोटी जातको ९ वर्षिय कर्णबहादुर शाहीको छोरा बलाल शाहीलाई मनपराएको खुलासा गर्दै गाजली भन्छिन् ‘बिहे गरौं केटो भरखर नौ वर्षको भयो ।’ उनले भनिन् । बलला १० वर्ष पुगेपछि गाँजली र उनको विवाह हुने पक्का पक्की भइसकेको कपिल शाहीले बताए । राजधानी दैनिकबाट