Logo

संसद प्रधानमन्त्रीको नोकर हुँदैन: शम्भु थापा



Spread the love

३ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्री केपी शर्मा ओलीले नोकर सम्झिएको बताएका छन् ।

सोमबार संवैधानिक इजलासमा जवाफी बहस गर्दै अधिवक्ता थापाले संसद् विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएकाले संसदलाई नोकर सम्झिएको बताएका छन् ।

उनले भने ,’संसद पुनर्स्थापना गर्दा यति दिनभित्र बैठक बस्नु भनेर पनि तोकिनुपर्छ । त्यसो भए सभामुसखले बैठक राख्छन् र त्यहाँ प्रधानमन्त्री पनि उपस्थित हुन्छन् ।’

कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि नेपालको संविधानमा दुवैलाई विशेषाधिकार नभएको बताए। यस्तै अहिलेको संविधानमा प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो श्री ३ र श्री ५ पनि नभएको थापाले बताए।

‘संसारमा त्यस्तो कुनै पनि उदाहरण छैन, जसले प्रधानमन्त्रीलाई व्याख्याबाट अधिकारको श्रृजना गरेको होस्’, थापाले भने, ‘बरु अदालतले प्रधानमन्त्रीको अधिकार कटौति र बन्देज लगाएका उदाहरण छन् । व्याख्या गरेर बढी अधिकार प्रधानमन्त्रीलाई दिएको दुनियाँमा कहिँ छैन । त्यो नेपालमा पनि नहोस्।’

रिट निवेदक पक्षका वकिलको जवाफी बहस सोमबार सकिनेछ। आज वरिष्ठ अधिवक्ताहरु मेघराज पोख्रेल, रमन श्रेष्ठ, मुक्ति प्रधानले बहस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्