२ फागुन, काठमाडौं । सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसमेत ४ जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई १ लाख ९० हजार घुससहित रंगेहात पक्राउ परेको हो । निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको यो रकमसहित पक्राउ गरेको हो ।
स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीसहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्