२ फागुन, काठमाठौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल नेपाल समूहले आइतबार चौथो चरणको आन्दोलन घोषणा गर्दैछ ।
उक्त समूहले फागुन १५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । १५ गते किसान, सुकुम्बासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन हुन लागेको हो ।
तेस्रो चरणको आन्दोलनको उत्कर्षका रूपमा माघ २८ गते काठमाडौँमा विशाल जनसभा आयोजना गरिएको थियो ।
उनले फागुन ६ गते काठमाण्डुको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने, फागुन ७ मा सबै वडामा विरोध गर्ने, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने, ९ गते हत्या एवं बलात्कारमा महिलाहरुको विरोध हुने बताए ।
विघटन सही भएको पुष्टि गर्न ओली समूह लागेको छ भने दाहाल–नेपाल समूहले विघटन असवैधानिक भन्दै सडक संघर्षमा होमिएको छ । दुवै समुहले काठमाडौं लगायत देशका विभिन्न स्थानमा एक पछि अर्को सभा सम्मेलन आयोजना गर्दै आएका छन् ।