Logo

बाबुराम र प्रचण्ड मिलनको संकेत, हजारौ सहिद, वेपत्ताले फेरि पनि एकै ठाउँमा आउने ‘



Spread the love

१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका छन् । 

 बालुवाटारस्थित एक ब्याङ्क्वेटमा बाबुरामको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरु अहिले पनि एउटै मोर्चामा रहेको बताए । 

‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौ सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्’, प्रचण्डको भनाइ छ ।

‘सबैले प्रचण्ड र मलाई एकै ठाउँमा आइदिए हुन्थ्यो भन्नु हुन्छ। तर त्यो उपयुक्त छैन,’ बाबुरामले भने। पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बाबुरामसँग नजिकिएका प्रचण्डले पुस्तक विमोचनमा शहीदको रगतले पनि आफूहरुलाई अलग हुन नदिने बताएका थिए। जनयुद्ध दिवसकै दिन आयोजित कार्यक्रममा उनले जनयुद्धबारे साझा बुझाइ बनाउन भने जरुरी भएको बताए। 

जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरिएको विमोचन समारोहमा बोल्दै उनले भने, ‘हजारौँ सहिदहरुले हामीलाई अलग हुन दिँदैनन्, इतिहासलाई समीक्षा गरेर मोर्चाका लागि संकल्प गर्ने रुपमा पनि बुझेका छौँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेको आरोप लगाउँदै उनले आजको दिन संविधानको रक्षाको लागि संकल्प गर्ने दिन भएको बताए । 

प्रतिक्रिया दिनुहोस्