Logo

घरमा सुख,शान्ति र समृद्धि ल्याउन अपनाउनुहोस् यी बिधि



Spread the love

काठमाडौं। हरेक मानिस आफ्नो घरमा सुखशान्ति होस् भन्ने चाहाना राख्दछन् । तथापी कतिपय कारण र अवस्थामा यो सम्भव बन्दैन । यदि तपाईं आफ्नो घरमा हमेशा शान्ति होस् भन्ने चाहानुहुन्छ भने वास्तु अनुसार केहि उपाय गर्नु पर्ने हुन्छ ।

घर डिजाइन गर्ने आर्किटेक्टलाई वास्तु अनुसार घरको नक्शा डिजाइन हुनुपर्ने जानकारी गराउनुपर्छ । घर र कोठामा निम्नननुसारको वास्तुविधि अपनाए तपाईंको घरमा सुख शान्ति हुनेछ ।

वास्तु नमिलेको ठाउँमा यसको प्रयोगले हानी रोक्न सकिने धार्मिक विश्वास छ । त्यसैगरी ऐनाको प्रयोगबाट पनि वास्तुको दोष निवारण गर्न सकिन्छ ।

वास्तुशास्त्रअनुसारको दिशामा राख्न सकिन्छ । त्यसैगरी वास्तु नमिलेको स्थानमा काठको भाँडामा ढिके नून राखेर सम्भावित हानी रोक्न सकिन्छ । कृष्टलको बल प्रयोग गरेमा पनि वास्तुदोष निवारण गर्न सकिने धार्मिक विश्वास छ ।

  • घरको मुलढोका दक्षिणतिर मोहडा बनाउनु हुँदैन ।
  • घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नुपर्छ । यसले नकारात्म तरंगहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।
  • वास्तु अनुसार भान्सामा कहिल्यै दूधलाई खुल्ला राख्नु हुदैन । अन्यथा आर्थिक संकट बेहोर्नु पर्दछ । त्यसैले दूधलाई हमेशा छोपेर राख्नु पर्दछ ।
  • चकाडाँदार र तिखो पत्ता भएका बोट, बिरुवालाई घरभित्र रोप्ने वा राख्ने हुदैन । यसो गर्दा घरको सम्बन्धमा दरार आउने गर्दछ । साथै नकारात्मक उर्जा फैलिने गर्दछ ।
  • घरको उत्तर पूर्वी भागमा वजनदार भारी मूर्ति राख्नु हुदैन । यसले समेत घरको शान्तिमा बाधा पुर्याउँछ ।
  • सुत्ने ओच्छ्यानको मुनि जूत्ताचप्पल राख्नु हुदैन । यसले नकारात्मक उर्जा बढाउने भएकाले रोग एवं मानसिक समस्या बढ्ने गर्दछ । तसर्थ यसलाई बाहिर नै राख्नु पर्दछ ।
  • फलामको दराजलाई कहिल्यै ओच्छ्यानको पछाडी राख्नु हुदैन । साथै फलामका कुनै पनि सामाग्री ओच्छ्यानमा समेत हुनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्