१ फागुन, बुटवल । नेकपा (ओली खेमा) का स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वजनमुक्ति सेनाका शिविरहरूमा भएका घोटालाको खोजी गर्न आग्रह गरेका छन् ।
उनले ‘जनयुद्ध’ को नेतृत्व कुहिएको आरोप लगाए । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात ‘प्रचण्ड’ कुहिएको आरोप उनले लगाए ।
प्रचण्डले जनमुक्ति सेनाको सपनालाई धोका दिएको भन्दै पोखरेलले इतिहासको लिगेसीका आधारमा जनमुक्ति सेनालाई बन्धक बनाउन खोजेको बताए।
‘जनयुद्धका कमाण्डरले तपाईँहरूको बारेमा सोच्नुभएन, आफ्नाबारेमा सोच्नुभयो, आफू शक्तिमा गएपछि तपाईँहरूलाई बिर्सिनुभयो ।
प्रतिक्रिया दिनुहोस्