Logo

संविधान धरापमा जाने सम्भावना रहेको- प्रचण्ड



Spread the love
unn.prixa.net

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानी पछि प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको प्रचण्ड बताए । 

काठमाण्डौमा बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रम उहाँले ठूलो बलिदानपछि प्राप्त भएकाे उपलब्धि नै गुम्ने खतरा बढेको बताउनुभएको हो । युद्धकालिन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनका साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भुमिकालगायत सबै काम युगान्तकारी भएको उहाँले बताउनुभयो ।  

उनले भने, ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ?भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईहरुले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ ।’

“जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ । प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ । ती मध्ये ३ सय २८ शहीद तथा मारिएका व्यक्तिहरु, २ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाईते तथा अपांङ्गता भएका व्यक्तिहरुको जीवनगाथा छ ।

प्रतिक्रिया दिनुहोस्