३० माघ, जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वर डिष्टिलसीका संचालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी मृतकको सालोलाई सार्वजनिक गरेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका ७ निवासी प्रमोद रेग्मी गत माघ १३ गते मृत फेला परेका थिए ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा भएको पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारीको आधारमा सेयर लगानी सम्बन्धी विषयमा रिसवी राखी रेग्मीलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लठीले उनका सालो निरज खातीले टाउकोमा प्रहार गर्दा मृत्यु भएको हो ।
उक्त घटना पछि प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रमाणको आधारमा मृतकका सालो खातीलाई पक्राउ गरी जिल्ला आदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्