३० माघ, गुल्मी । गुल्मीमा अन्दाजी १३ बर्षिया बालिका माथी जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।
जिल्लाको मदाने गाउँपालिका – ४ म्यालपोखरी की अन्दाजी १३ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका ४ अखर्बाङका २९ बर्षिया रमेश भनिने जगत बहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पीडित परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय पुर्कोट दहमा दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले गए राती पक्राउ गरेको बताएइको छ ।
जबर्जस्ती करणीमा पक्राउ परेका रानाले मदाने गाउँपालिका ४ मा ज्यामी काम गर्दै आएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्