Logo

महिलालाई बिक्री गरेको आरोपमा एक पक्राउ



Spread the love

२८ माघ, काठमाडौँ। मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षीय जीतबहादुर भुजेल रहेका छन्। उनले आफ्नो पहिचान लुकाएर ‘मङ्गले तामाङ’ भन्ने गरेको खुलेको छ। महोत्तरीको साविक खयरमारा गा.वि.स.–४ घर भई काठमाडौँ–७ चाबहिल बस्ने उनलाई भिजिट भिसा बनाएर दुबईमा एक महिलालाई पुर्‍याएर बेचविखन गर्न लागेको आरोप लागेको छ।

वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पुर्‍याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक रु ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिसा बनाएर पीडितबाट रु एक लाख ५० हजार र भारतीय नागरिकबाट भारु तीन लाख ५० हजार लिई बिक्री गरेको ब्यूरोका प्रमुख दुर्गा सिंहले जानकारी दिए ।

तर आफ्नो पासपोर्टको विवरण शंका लागेर महिलाले प्रहरीलाई सोधपुछ गर्दा घरायसी काममा दुबई पठाउन लागेको नभई झुक्यानमा पारी भिजिट भिसा बनाएर दुबईमा बेचबिखन गर्न लागेको थाहा पाएको र उनले अपराध महाशाखामा जाहेरी दिएको प्रवक्ता द्विवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्