Logo

ओलीलाई प्रचण्डको चेतावनी : १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस्



Spread the love

२८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आएमा १० लाख जनता उतार्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’ उनले निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे ।

‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’ उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्