१४ माघ, काठमाडौँ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार थप १ सय ३४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता २ सय ८३ जना कोरोना संक्रमण देखिएका मध्य चितवनमा १८, दोलखामा २, धादिङमा १, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, रामेछापमा २ र ललितपुरमा ४, सुनसरी १, धनुषा, पर्सा र बारामा १/ १, कास्कीमा २२, तनहुँमा १, नवलपरासी पूर्वमा ४, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा १ र स्याङजामा १, बर्दियामा १, बाँकेमा २ र रुपन्देहीमा १, दैलेखमा १, कञ्चनपुरमा २ र कैलालीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५५० पुगेको छ।
नेपालमा हालसम्म २ हजार ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। अहिलेसम्म १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।