Logo

ओलीले बनाएका २ मन्त्री पनि हामी फर्किन्छन्- प्रचण्ड



Spread the love
केपी ओलीले बनाएका दुईजना मन्त्री फर्कने कुरा गर्दै छन् : प्रचण्ड

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताएका हुन् ।

उनले भने, ‘केपी ओलीले बनाउनुभएको २ जना मन्त्री पनि फर्किने पक्षमा मसँग छलफल गर्दैछन् ।’ यस्तै उनले प्रधानमन्त्री ओलीलाई अझै सच्चिने मौका रहेको बताए ।

प्रचण्डले पार्टीका अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका बर्षौ देखि काम गरेका नेताहरुलाई ओलीले अपहेलना गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्