Logo

प्रचण्ड-नेपाल पक्षको जुलुस शुरु



Spread the love

२८ माघ, काठमाडौं। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बुधबार आयोजना गरेको आमसभामा एक दर्जनभन्दा बढी नेताले सम्बोधन गर्ने तय भएको छ।

सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ । विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्देछन् ।

माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको सो समूहका नेता योगेश भट्टराईले जानकारी दिए । सबै जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुने बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन्। 

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भए पनि प्रचण्ड–नेपाल समूहले आन्दोलन चर्काइरहेको छ। प्रधानमन्त्री ओली समूहले भने माघ २३ गते नारायणहिटी दरबार अगाडि सभा गरेर निर्वाचनमा जुट्न आह्वान गरेको थियो। ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्