Logo

ओली पक्षबाट प्रचण्ड-माधव नेकपामा फर्किइन् समिना हुसेन



Spread the love

२७ माघ, काठमाडौँ । विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेन नेकपाको माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहमै फर्किएकी छन्।

सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफुलाई समेत ओली पक्षले प्रलोभन देखाएपनि आफु त्यसको विपक्षमा रहेको स्पस्ट पारेकी छन् ।

उनले विज्ञप्तिमा भनेकी छिन्, ‘केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन्। म नेपाल कम्युनिष्ट पार्टी नेकपाका सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय मधेसी समुदाय, महिला र विशेषगरी प्रदेश २ र रौतहटवासी सम्पूर्ण श्रमजीवी जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनैपनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस्