Logo

प्रचण्ड-नेपाल समूहको विरोध सभाअघि मार्चपास



Spread the love

२७ माघ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौंमा मार्चपास निकालेको छ ।

बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। प्रतिनिधिसभा विघटन लगायतका प्रधानमन्त्रीका असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध बुधबार प्रचण्ड–माधव पक्षले बृहत जनप्रदर्शनसहितको विरोध सभा गर्दैछ ।

प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू हुने स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्