२७ माघ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।
निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन ।
निर्वाचन तयारीका लागि भन्दै आयोगमा पुगेका ओलीले आधिकारिक नेकपासमेत आफ्नै नेतृत्वको रहेको जिकिर गरेका थिए। उनले अहिलेसम्म आफ्नै हस्ताक्षर आधिकारिक रहेको तर्क गर्दै त्यही अनुसार पार्टीले पनि आधिकारिकता पाउनुपर्ने तर्क आयोगमा गरेका थिए।
राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्