Logo

चिनियाँ एप्समाथिको प्रतिबन्ध जारी राख्‍ने भारतको निर्णयको चीनद्वारा विरोध



Spread the love

नयाँ दिल्ली । चीन-भारतबीच सीमा विवाद सुरु भएपछि भारतले केही चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध हटाइनुपर्ने भन्दै चीनले आग्रह गरिरहेको छ ।

तर भारतले पनि उक्त एपहरुमाथिको प्रतिबन्धलाई निरन्तरता दिने बताएको छ । चीनले गत बुधबार भारतको ५९ चिनियाँ एपहरुमाथिको प्रतिबन्ध जारी राख्‍ने भारतको निर्णयको विरोध गरेको छ ।

चीनले भारतले आफ्ना एपहरुमाथि प्रतिबन्ध लगाएर विश्व व्यापार संगठनका सिद्धान्तको उल्लंघन भएको जनाएको छ । मिडियाका प्रश्नको जवाफमा भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता काउन्सलर जी रोङले भारती पक्षले “भेदभावपूर्ण कदम” चालेको भन्दै तुरुन्त सुधार गर्न आग्रह गरेका छन् ।

भारतले जूनमा टिक टोक र अन्य ३८ चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गत वर्षदेखि भारतीय पक्षले चिनियाँ पृष्ठभूमि भएका केही मोबाइल एप्सलाई निषेध गर्ने नीति लिएको थियो ।

चिनियाँ एपहरुले बारम्बार राष्ट्रिय सुरक्षामा खतरा सिर्जना गरेको भन्‍ने सुरक्षा स्रोतको सुझावलाई आत्मसाथ गर्दै भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । विश्व व्यापार संगठनको गैर-भेदभावपूर्ण सिद्धान्तहरू र बजार अर्थतन्त्रको निष्पक्ष प्रतिस्पर्धा सिद्धान्तहरूको उल्लंघनका कारणले वैधानिक अधिकार र चासोलाई गम्भीर क्षति पुर्‍याएको जनाइएको छ ।

चिनियाँ कम्पनीहरुले पनि भारतले यस्तो कडा कदमको विरोध गरेका छन् । “भारत सरकारको यो चालले भारतीय ब्यापार वातावरणको सुधार र सम्बन्धित भारतीय उद्योगहरुको नवीन विकासमा पनि बाधा पुर्‍याएको चिनियाँ दूतावासका प्रवक्ता रोङले बताएका छन् ।

चीन-भारत आर्थिक र व्यापार सहयोग प्रकृतिबाट पारस्परिक फाइदाजनक भए पनि भारतको आक्रामक नीतिले दुबै पक्षकलाई ठूलो नोक्सान हुने चिनियाँ पक्षले बताएको छ । सेप्टेम्बरसम्म भारतले सरकारले चिनियाँ ११८ एपहरुमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्