Logo

चीन समर्थित समूहले गुमायो १० बिलियन डलरको फिलिपिन्स विमानस्थलको सम्झौता



Spread the love

बेइजिङ । चीन समर्थित कन्सोर्टियमले फिलिपिन्समा १० बिलियन डलरको विमानस्थल विकास परियोजनाको अधिकार गुमाएको छ ।

फिलिपिन्सको म्याक्रोएसियासँग सहकार्य गरिरहेको चिनियाँ स्वामित्वमा रहेको चीन कम्युनिकेसन कन्स्ट्रक्शन कम्पनी (सीसीसीसी) ले फिलिपिन्स स्टक एक्सचेन्जलाई क्याभिट प्रान्तीय सरकारले गत बर्ष कन्सोर्टियमलाई प्रदान गरेको पुरस्कारको सूचना रद्द भएको जनाएको छ ।

चिनियाँ कम्पनीले विकास गर्ने भनिएको यो परियोजना फिलिपिन्सको उच्चम महत्वको परियोजना रहेको बताइएको थियो । २०१६ मा राष्ट्रपति रोड्रिगो दुतेर्टेले आर्थिक सहयोगीको रूपमा चीनलाई अँगालेदेखि नै फिलिपिन्समा पूर्वाधार परियोजनाहरू सञ्चालन गरिरहेको चिनियाँ कम्पनीले समर्थन गरेको हाई-प्रोफाइल परियोजनामध्ये एक हो ।

सीसीसीसीको संलग्‍नता दक्षिण चीन सागरको पुन: निर्माण परियोजनामासमेत रहेको भन्दै संयुक्त राज्य अमेरिकाले भने यस कम्पनीलाई कालोसूचीमा राखेको छ । मनिलाको निन्यो एक्नो अन्तर्राष्ट्रिय विमास्थलको चाप कम गर्ने उद्देश्यले फिलिपिन्सको राजधानीको दक्षिण क्षेत्रमा साङ्‌ली पोइन्ट अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणको काम अघि बढाउने बताइएको ।

तर, उक्त कम्पनीलाई दिने भनेको सम्झौता भने हाल रद्द गरिएको छ । क्याभेटका गभर्नर जोनविक रेमुलाले कन्सोर्टियम प्रान्तीय सरकारसँग संयुक्त लगानी सम्झौताको आवश्यकताहरूको बारम्बार असफल भएको बताएका छन् ।

हामीले उनीहरूलाई दुईवटा शर्तहरु दियौं, तर तिनीहरू उक्त शर्तहरु पालना गर्न असफल भए,” रेमुलाले निक्केई एशियालाई बताइन् ।

प्रतिक्रिया दिनुहोस्