२७ माघ, काठमाडौँ । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदै छन् ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल पनि आयोगमा आइपुगेका छन्। आयोगमा यसअघि अर्थमन्त्री विष्णु पौडेल र नेता सुवाष नेम्वाङ आइपुगिसकेका थिए।
यसअघि नेकपा ओली समूहका नेताहरु विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेका थिए । आगामी बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग पुगेको बताईएको छ ।
अब आज प्रधानमन्त्री ओली आयोगमा गएर आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन्। गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेयता सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ।