२६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा विरोधसभा गर्दैछ ।
नेपालले आफूहरुले ओलीलाई पार्टीबाट निष्कासन गरिसकेकाले ओलीको नेकपासँग कुनै सम्बन्ध नरहेको जिकिर पनि गरे । “उनको नेकपासँग कुनै सम्बन्ध छैन । खोल्नै रहर छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ,” सोमबार एकीकृत अखिल नेपाल शिक्षक महासंघको भेलामा भने,” नेकपा मन परेको छैन भने समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली’बा समूह खोले सबैभन्दा राम्रो । ओली’बा मन पराउने उतै जान्छन् ।”
नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा मूल प्रदर्शन गरिने बताइएको छ । यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो ।