Logo

‘प्रतिगमन सच्चिएपछि क्याबिनेटमा रोकिएका फाइल फुकाउँछौं’



Spread the love

२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद् बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षकका समस्या समाधानका लागि निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अगाडि बढाएका फाइल ओलीले रोकेर राखेको आरोप लगाएका हुन् । 

आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समूह समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा सुरु भएको छ’, प्रचण्डले भने । धेरै देखाउन यत्रतत्र राख्दा पनि धेरै मान्छे नभएपछि ओली समूह रक्षात्मक अवस्थामा पुगेको उनले बताए ।

‘शिक्षक समुदाय मेरा हुँदैनन्, शिक्षकलाई एकता हुन पनि नदिने, रोकेर राख्ने गरेको रहस्य अहिले थाहा भयो । ओली शिक्षकसँग तर्सिनु हुँदोरहेछ, उहाँलाई अन्धभक्त मात्र चाहिने, शिक्षकले विवेक प्रयोग गर्छन्, विश्लेषण गर्छन्, उनीहरू नचाहिने,’ प्रचण्डले भने । 

प्रतिक्रिया दिनुहोस्