२६ माघ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आजको बहस सुरू गरेका ईश्वरी भट्टराईले आधा घण्टाभन्दा धेरै समय लिएपछि प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा रिसाएका छन् ।
सोमबारको संवैधानिक इजलासमा प्रधानमन्त्रीका निजी वकिलले ईश्वरी प्रसाद भट्टराईले सुरुमा बहस गरेका थिए । इजलासले १५ मिनेट समय दिएकोमा भट्टराईले ३० मिनेट लिए ।
तर, प्रधानमन्त्रीको पक्षमा बहस गरिरहेका अधिवक्ता चन्द्रप्रकाश रेग्मीले तोकिएको भन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश जबराले पटक–पटक बस्नुस् भन्नुपरेको छ। तर, रेग्मीले बहस सकेनन्। रेग्मीले जबर्जस्ती बहस अघि बढाएपछि प्रधानन्यायाधीश राणाले समय सकिएको भनेर सुनाए। र, अर्कोलाई बोल्न भने।
यसअघि आइतबार महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस थालेका छन् । विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय बढी निजी वकिलले बहस गर्नेछन् ।
१३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए । प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरूद्धको रिटको सुनुवाइ गरिरहेको छ ।