काठमाडौं । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ ।
महिनावारी हुनुअगाडि, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ । महिनावारीबारे आवश्यक ज्ञान नहुँदा स्कुले किशोरीले निकै असजिलो महसुस गर्छन् ।
महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ । कतिपय महिलाको समस्या हुन्छ, महिनावरी गडबडी । सामान्यत महिलाहरुले आफ्नो कुरा गोप्य राख्छन् । महिनावरीको समस्याबारे पनि उनीहरु खुलेर कुराकानी गर्दैनन् ।
त्यही कारण हो, उनीहरुमा मानसिक तनाव हुने । महिलाको यस्तो मर्म घरपरिवार, सासु-ससुरा लगायतले सजिलै बुझिदिदैनन् । सामान्य लागेपनि यो समस्याले महिलालाई मानसिक र शारीरिक दुबै किसिमको पीडा दिइरहेको हुन्छ ।
महिनावरी किन गडबडी हुन्छ ? यसबारे महिलाहरु वेखबर हुन्छन् । हुनपनि महिनावरी गडबडी हुनुको कारण एकमात्र छैन । अनेक कारणले यस्तो समस्या हुने गर्छ । शहरिया वा चिकित्सकको पहुँचमा भएका महिलाहरु त आवश्यक परामर्श र परीक्षणका लागि अस्पताल धाउन सक्छन् । तर, ग्रामिण क्षेत्रका अझ दूर-दराजका महिलाहरु भने भित्रभित्रै यो पीडा गुम्साएर बस्ने गर्छन् ।
दुखाई कम गर्ने घरेलु तरिकाः
खजुरः बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायक हुन्छ ।
घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्दछ ।
दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ ।
मेवाः महिनावारी भएको बेला खानाले फाइदा पुर्याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सही तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।
गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।
तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।
व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ । तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक छ । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।
महिनावारीको समयमा हुने परिवर्तन
- महिलाको योनिबाट पटक रगत आउने, प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।
- धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु)।
- नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५ वा
- ७ दिनसम्मको हुन्छ ।
- धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
- महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अङ्ग्रजीमा ovulation भनिन्छ । महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ ।