Logo

६ हजार एमएएच ब्याट्री क्षमता भएको ‘सामसङ ग्यालेक्सी–एम २१’, कति पर्छ नेपाली मूल्य ?



Spread the love

एजेन्सी । सामसङले ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एम १२ स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले यसमा सबैभन्दा धेरै ६ हजार एमएएच ब्याट्री क्षमता दिएको छ। जसले गर्दा प्रयोगकर्तालाई पटक–पटक फोन चार्ज गरिरहनु पर्दैन।

यसमा जडान गरिएको टाइप सी फास्ट चार्जिङ सुविधाले अन्य साधारण चार्जिङको तुलनामा ३ गुणा स्पीड बढाइदिएको सामसङ बिजनेस प्रमुख प्रणय रत्न स्थापितले बताए। फोनमा कम्पनीले १५ वाटको फास्ट चार्जिङ सुविधा पनि दिएको छ।

यसमा भएको ६.४ इञ्चको ठूलो आकारको डिस्प्लेले फिल्म हेर्न, गेम खेल्न तथा अनलाइन कक्षाको लागि सहजता दिन्छ।

६.४ इञ्च डिस्प्ले
४८/८/५ मेगापिक्सलको तीन क्यामरा
सेल्फी २० मेगापिक्सल
६ हजार एमएएच ब्याट्री
४ जिबी/६४ जिबी र ६ जिबी/१२८ जिबी
मूल्य क्रमशः २२ हजार ९ सय ९९ र २७ हजार ४ सय ९९  रूपैयाँ

प्रतिक्रिया दिनुहोस्