Logo

कार्यसूची विवादले प्रदेश १ प्रदेशसभा बैठक बस्‍न सकेन



Spread the love

२५ माघ, विराटनगर। प्रदेश १ प्रदेशसभाको आज बस्ने भनिएको बैठकको कार्यसूची के राख्ने र कसरी अगाडि जाने भन्ने विषयमा सहमति हुन नसक्दा कार्यव्यवस्था परामर्श समितिको बैठक लम्बिएको छ ।

सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो २ बजेलाई बोलाइएको छ ।  गत ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेश सभाको बैठक अघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गर्नुभएका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि बैठक लम्बिएको बताइएको छ ।

आजको बैठकमा प्रचण्ड–माधव पक्षले मुख्मन्त्री राईविरुद्धको अविस्वास प्रस्ताव टेबल गर्नुपर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्