Logo

उत्तराखण्डको चमोलीमा ग्लेसियर फुट्यो, अत्यधिक क्षतिको अनुमान (भिडियो)



Spread the love

एजेन्सी । भारतको उत्तराखण्डमा हिमताल विष्फोट क्षणभरमा तपोवन क्षेत्र मरुभूमि बनेको छ ।

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ।  नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ।

हाल अलकनन्दा र धौलिगंगा खोला नजिकका बस्तीहरुलाई खाली गरिएको छ। तिब्बत नजिकैको सीमामा तैनाथ सयौं सेनालाई उद्धारका लागि खटाइएको छ।

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेकाे आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्