काठमाडौं । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले आज दिउँसो काठमाडौंमा टुटल र पठाओविरुद्ध तथा नेपाल बन्दको नाममा ट्याक्सीमाथि भएको आक्रमणको बिरोध गरेको छ ।
शनिबार दिउँसो नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले बबरमहलदेखि माइतीघरसम्म झण्डै तीन सय वटा ट्याक्सीको र्याली निकालेको हो । उनीहरुले हालैको बन्दमा ट्याक्सी व्यवसायी तथा स्वरोजगार चालक मजदुरमाथि भएको आक्रमण, तोडफोड,आगजनीलाई निन्दनीय भनेका छन् ।
माइतीघरमा आयोजित कोणसभामा उनीहरुले हाल सञ्चालनमा रहेको टुटल र पठाओ सेवालाई गैरकानुनी भनेका छन् । त्यसअघि ट्याक्सी जुलुसमा ट्याक्सी आयोग गठन गरेर यातायात मजदुरको हक,अधिकार सुनिश्चित गर भन्दै यातायात क्षेत्रमा गैरकानुनी धन्दा गर्नेलाई उद्यमी हामी के ? भनेर नारा लगाइएको थियो ।
त्यसैगरी,भाडाको सवारी चालकले कालो नम्बर प्लेट र निजी कारको रातो नम्बर प्लेटको अर्थ चाहियो,अवैधानिक टुटल पठाओ सेवा बन्द गर,जलाइएको ट्याक्सीको क्षतिपूर्ति देऊ, अपराधीमाथि कारबाही गर जस्ता माग पनि राखेका छन् । जनआस्थाबाट