२५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थाबारे छिट्टै पार्टीका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लडेर ल्याएका परिवर्तन र संविधानमाथि प्रहार गरेकोले त्यो जोगाउनको लागि आन्दोलन गरेको स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौंमा आयोजित मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, सम्मृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको बताए । उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले देखिएको र यसले के कस्तो असर पारेको हो भन्नेबारे श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् ।
आज मिडिया एलायन्सका पदाधिकारीसँगको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले–‘हामी प्रधानमन्त्रीको लागि लडिएको होईन् । तपाईहरुलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ । संविधान बचाउने, परिवर्तन जोगाउने चिन्ता हो । हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको विरोधमा छौं ।’