Logo

गुल्मीमा १७४५ जनाले कोरोना विरुद्धको पहिलो चरणको खोप लगाए



Spread the love

२४ माघ, गुल्मी। गुल्मीमा कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।

माघ १५ गते देखी सुरु भएको अभियान आज माघ २४ गते सकिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आर्चायले बताए ।

जिल्लाका स्वास्थ्यकर्मी, महिला स्यंयसेवीका, निजि मेडीकलमा कार्यरत स्वास्थ्यकर्मी तथा शव व्यवस्थापनमा घटिएका सुरक्षाकर्मी गरि एक हजार सात सय ४५ जनालाई कोरोना विरुद्धको खोप प्रदान गरिएको हो ।

जिल्लामा एक हजार आठ सय ७२ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य रहेतापनि विविध प्राविधिक कारण लक्ष्य सम्म पुग्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मी जिल्लालाई ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्