Logo

देशैभर मौसम बदली, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना



Spread the love

२४ माघ, काठमाडौं ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रभावकै कारण देशभर आँशिक देखी सामान्य बदली हुँदै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जारी बललीले देशभरका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।

आज सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्