एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ।
गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।
‘नेतृ सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र स्वास्थ्य सामान्य छ,’ उनका सञ्चार अधिकृत क्यी टोयलाई उद्धृत गर्दै एएफपीले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्