एजेन्सी । शासन सत्ता आफ्नो हातमा लिएको म्यानमार सेनाले फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत अशान्ति फैलाइएको भन्दै सेनाले देशमा स्थायित्व कायम राख्न प्रतिबन्ध लगाएको जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्