२३ माघ, प्युठान। प्युठानमा स्कार्पीयो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
भालुबाङबाट रोल्पा जादै गरेको रा १ ज ८०९ नम्बरको स्कार्पीयो जिप सरूमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमाराका ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सुनील मल्लले सल्लेरी खबर लाई बताए ।
त्यस्तै दुर्घटनामा परी घाइते भएका १० जनालाई जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्