Logo

धुर्मुस र सुन्तली ‘म त मर्छु कि क्याहो’ बाट फेरी पर्दामा फर्किए



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल समाजसेबी तथा हस्याँकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फेरी पर्दामा फर्किने भएका छन् ।

चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको करिब एक बर्ष भएको छ । यो चलचित्रमा कलाकारद्धय धुर्मुस र सुन्तलीको मुख्य भूमिका रहेका थिए । भने उक्त चलचित्र व्यासायिक हिसाबमा सफल हुन् सकेन् ।

सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बनिरहेको ‘म त मर्छु कि क्याहो’मार्फत उनीहरु पर्दामा फर्किन लागेका हुन् । जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ ।

यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ ।

चाडै नै आफ्नै युटुब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनीहरुको तयारी छ । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले चिन्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्