Logo

प्रधानमन्त्रीसहित ३९ जनाविरूद्ध सभामुख सापकोटाले दर्ता गराए रिट



Spread the love

२३ माघ, काठमाडौं। संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध रिट हाल्न सभामुख अग्निप्रसाद सापकोटा सर्वाेच्च अदालत गएका छन् ।

संसदीय सुनुवाइविना नियुक्ति गर्नु अवैधानिक रहेको भन्दै सापकोटाले राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ लाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । रिटमाथिको सुनुवाइ आइतबार हुनेछ ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।

३० मंसिरमा संवैधानिक परिषदको बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । त्यही दिन साँझ बोलाइएको बैठकमा प्रधानमन्त्री राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश सहभाागी भएका थिए भने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गरे ।

सिफारिशसम्बन्धी पत्र पुस ५ गते प्रतिनिधि सभा विघटन भएकै दिन संसद् सचिवालयमा पुगेको थियो । संसदीय सुनुवाइ विशेष समितिको कार्यावधि सकिएकाले संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेको भन्दै सभामुख सापकोटाले सिफारिशसम्बन्धी पत्र जस्ताको तस्तै फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्