Logo

सेनाको उपसेनानी हुँ भन्दै ठग्ने पक्राउ



Spread the love

२२ माघ, पर्सा । सेनाको लेफ्टिनेन्ट हुँ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगीको आरोपमा एक जना पक्राउ परेका छन् ।

‘सेनाको लेफ्टिनेन्टरेड हुँ’ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्ला ठोरी गाउँपालिका ५ बस्ने २८ वर्षीय शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले विगत १५/१६ दिनयतादेखि ठगी गर्दै आएको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ठगी गरेको खुलेको हो । प्रहरीले बुधबार इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेको अवस्थामा उनले उपसेनानीको दज्र्यानी चिन्हसहितको पोसाक पनि लगाएका थिए । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ११ लाख रूपैयाँ ठगेको सूचना प्रहरीमा पुगेको थियो ।उनको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँ नगद, विभिन्न बैङ्कको एटिएम र आइएमईका रसिद तथा विभिन्न कम्पनीका चारथान मोबाइल सेट पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्