२२ माघ, काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाका अध्यक्ष प्रचण्डले आफूहरू स्वेतपत्रको तयारीमा रहेको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो ? किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं ? भन्ने आत्मसमीक्षा गर्दैछौं ।’
‘हामी स्वेतपत्रको तयारीमा छौँ। भएको के हो? भन्ने कुरा इतिहासमा दर्ज गराउनुपर्छ। त्यसैले अब हामी स्वेतपत्र ल्याउँछौं‚’ राजनीतिक स्थायित्वका लागि आफू नै प्रस्तावक बनेर पार्टी एकता गरेको भन्दै उनले भने‚ ‘पार्टी एकताको प्रस्तावक म नै हुँ।
त्यो राजनीतिक स्थायित्वका लागि थियो। हामीले आफूलाई पनि समीक्षा गर्नुपर्नेछ। ओलीको प्रवृत्ति पहिल्यै देखिएको थियो। तर समयमै किन रोक्न सकिएन भनेर समीक्षा गर्छौं।’
प्रतिक्रिया दिनुहोस्