२२ माघ, काठमाडौँ । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले निर्णय गरि नसकेकाले एमसीसीविरूद्ध नाराबाजी नगर्न कार्यकर्तालाई रोकेको प्रष्टिकरण दिएका छन् ।
बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यसै विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनका लागि तय भएका नारामात्रै लगाउन भनेको तर आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका हुन् ।
पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसीसी परिमार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।
आफूले अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिनेबारे छलफल गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्